२०८२ कार्तिक १७, आइतवार , १०:११:१३ बजे

Sajhamanch
'

अमेरिकाले कोप–३० मा कुनै पनि उच्च अधिकारीलाई नपठाउने, चीनले उपप्रधानमन्त्रीलाई पठाउने

आइतवार, कार्तिक १७, २०८२

झापा । अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप–३० जलवायु वार्तामा कुनै पनि उच्च अधिकारीलाई नपठाउने ह्वाइट हाउसका अधिकारीले बताएका छन् ।

गएको जनवरीमा दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट पछि हटेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलेममा हुने संयुक्त राष्ट्रसङ्घको वार्षिक जलवायु सम्मेलनअघि नेताहरूको शिखर सम्मेलनमा भाग लिने अपेक्षा गरिएको थिएन ।

नोभेम्बर १० देखि २१ सम्म हुने वार्तामा उहाँले कुनै पनि शीर्ष वार्ताकारलाई नपठाउने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स, नर्वे, कोलम्बिया, चिली, केप भर्डे र लाइबेरियाका नेताहरूले सम्मेलनमा भाग लिने पुष्टि गरेका छन् ।

चीनले चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिनिधित्व उपप्रधानमन्त्री दिङ जुएक्सियाङले गर्ने जनाएको छ । आफ्नो पहिलो कार्यकालमा पेरिस सम्झौताबाट बाहिरिएका राष्ट्रपति ट्रम्प र उहाँको प्रशासनले यसपटक विश्वव्यापी रूपमा जीवाश्म इन्धनलाई बढावा दिन आफ्नो शक्ति प्रयोग गरेको छ ।

सम्बन्धित खबर