२०८२ कार्तिक १३, बुधवार , ०१:२१:१६ बजे

Sajhamanch
'

इजरायलबाट गाजामा हवाई आक्रमण : बालबालिकासहित ३३ जनाको ज्यान गयो

बुधवार, कार्तिक १३, २०८२

झापा । इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा युद्धविराम भैरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । आक्रमणबाट बालबालिकासहित कम्तिमा ३३ जनाको ज्यान गएको छ ।

हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप छ । तर हमासले युद्धविरामप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको बताउँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छिटपुट आक्रमणका घटना भैरहेका र त्यसलाई नजिकबाट नियालिरहेको अमेरिकाले प्रतिक्रिया दिएको छ ।

हमास र इजरायलबीच युद्धविराम कायम रहनेमा आफू विश्वस्त रहेको अमेरिकी उपराष्ट्रपति जे।डी। भान्सले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘गाजामा युद्धविराम लागू छ । यसको अर्थ त्यहाँ सानातिना झडपका घटनाहरू हुने छैनन् भन्ने होइन ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा पछिल्लो पटक युद्धविराम सम्झौता भएको थियो ।

सम्बन्धित खबर