२०८२ कार्तिक १०, आइतवार , ०४:१०:०८ बजे

Sajhamanch
'

बढ्यो तिहारपछिको सेयर बजार, अन्य समूहमा ३ प्रतिशत वृद्धि

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । आइतबार अन्तिम समयमा सेयर बजार बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ । ११ः२३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक रह्यो ।

कारोबार रकम न्युन देखिएको छ । जम्मा २ अर्ब ६६ करोडको कारोबार भयो । तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोडको भएको थियो ।

९८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ४ को स्थिर रह्यो । आज अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो । नेपाल पुनर्बीमाको मूल्य ७.१० प्रतिशत बढेसँगै अन्य समूहमा उच्च वृद्धि देखिएको हो ।

त्यस्तै जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०।०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशत बढे । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशत घटे ।

समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशत बढ्यो । हिमालयन पावर पार्टनरको ७।६३, नेपाल पुनर्बीमाको ७.१०, महिला लघुवित्तको ६.०५, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.७० तथा भूगोल इनर्जीको ५.०८ प्रतिशत मूल्य बढ्यो ।

तारागाउँ रिजेन्सीको ७.१६, भगवती हाइड्रोपावरको ७.१३, एसियन हाइड्रोपावरको ५.१६, उन्नति सहकार्य लघुवित्तको ४.७२ तथा आत्मनिर्भर लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनी/धितोपत्रमा नेपाल पुनर्बीमा, सिद्धार्थ बैंक डिबेन्चर ८९, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर र हिमालयन डिस्टिलरी रहे ।