
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तोलाको तीन हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ३२५ रुपैयाँ थियो ।