२०८२ असोज २८, मङ्गलवार , ०४:०३:३७ बजे

Sajhamanch
'

विपक्षी नेतालाई नोबेल पुरस्कार दिएपछि भेनेजुएलाले नर्वेमा रहेको दूतावास बन्द गर्‍यो

मङ्गलवार, असोज २८, २०८२

झापा । विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको केही दिनपछि भेनेजुएलाले आज नर्वेको ओस्लोमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ ।

भेनेजुएला सरकारले माचाडोको पुरस्कारको बारेमा कुनै टिप्पणी नगरी विदेश सेवाको पुनर्संरचनाको एक हिस्साका रूपमा दूतावास बन्द गरेको बताएको बीबीसीले जनाएको छ ।

नर्वेको विदेश मन्त्रालयले कुनै कारण नदिई ओस्लोमा रहेको आफ्नो दूतावास बन्द गरेको पुष्टि गरेको छ । मन्त्रालयले दूतावास बन्द गर्ने भेनेजुएलाको निर्णयलाई खेदजनक भनेको छ ।

भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय रहेको भन्दै ओस्लोमा रहेको नोबेल समितिले गएको शुक्रवार ५८ वर्षीया विपक्षी नेत्री मचाडोलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

विदेश मन्त्रालयकी प्रवक्ता सेसिली रोआङ्गले धेरै मुद्दाहरूमा दुई देशबीच मतभेद भए पनि नर्वेले भेनेजुएलासँग वार्ता खुला राख्न चाहेको र यस दिशामा काम गरिरहने बताउनुभएको खबरमा उल्लेख छ । नोबेल पुरस्कार नर्वेली सरकारबाट स्वतन्त्र रहेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर