२०८२ असोज २६, आइतवार , १०:२९:४४ बजे

Sajhamanch
'

पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्यो : सीमा क्षेत्रमा झडप

आइतवार, असोज २६, २०८२

झापा । पाकिस्तान र अफगानिस्तान सीमामा गएराति झडप भएको छ । गएको बिहीवार काबुलमा भएको पाकिस्तानी हवाई आक्रमणपछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकी लक्षित आक्रमण गरेको र तनाव बढेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै द गार्डियनले जनाएको छ ।

विभिन्न प्रान्तका वरिष्ठ तालिबान अधिकारीले पाकिस्तानी सैनिकमाथि जवाफी कारबाही शुरु गरेको बताएका छन् । उनीहरूले दक्षिणी प्रान्त हेल्मन्दमा दुई पाकिस्तानी सीमा चौकी कब्जा गरिएको दाबी समेत गरेका छन् । पाकिस्तानी सुरक्षा अधिकारीले धेरै सीमा क्षेत्रमा झडप भएको स्वीकार गर्दै त्यसको जवाफ दिइरहेको बताएका छन् ।

सम्बन्धित खबर