२०८२ असोज २४, शुक्रवार , ०१:०५:३५ बजे

Sajhamanch
'

७.४ म्याग्निच्युडको भूकम्पपछि फिलिपिन्समा सुनामीको चेतावनी

शुक्रवार, असोज २४, २०८२

झापा । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्र रहेको मिन्डानाओ क्षेत्रदेखि करिब ३०० किलोमिटर टाढा इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी इन्डोनेसियाको उत्तरी सुलावेसी र पापुआ क्षेत्रका लागि दिइएको हो ।

ज्वालामुखी तथा भूकम्प सम्बन्धी संस्थाले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै उच्च क्षेत्र तरी जान आग्रह गरेको छ ।

सम्बन्धित खबर