२०८२ असोज २३, बिहिवार , ०४:१५:४५ बजे

Sajhamanch
'

इजिप्ट फिफा विश्वकपमा छनोट हुने तेस्रो अफ्रिकी देश बन्यो

बिहिवार, असोज २३, २०८२

काठमाडौं । इजिप्ट फिफा विश्वकपमा छनोट हुने तेस्रो अफ्रिकी देश बनेको छ । गएराति भएको खेलमा जिबुटीलाई ३–० गोलले हराउँदै इजिप्ट विश्वकपमा छनोट भएको हो ।

इजिप्टको जीतमा मोहमद सलाहले २ र इब्राहिम एडेलले १ गोल गरे । इजिप्ट ९ खेलमा २३ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म अपराजित रहेको इजिप्टले ७ खेल जितेकोमा २ खेल बराबरीमा सकिएको छ ।

विश्वकपमा इजिप्टको यो चौथो सहभागिता हुनेछ । इजिप्ट यसअघि सन् १९३४, १९९० र २०१८ को विश्वकपमा छनोट भएको थियो । इजिप्टले विश्वकपमा कहिल्यै पनि समूह चरण पार गर्न सकेको छैन ।

यसअघि अफ्रिकाबाट केप भर्डे र घाना विश्वकपमा छनोट भएका थिए । विश्वकपमा अफ्रिकाबाट ९ वटा टोली छनोट हुनेछन् ।

१७औं संस्करणको फिफा विश्वकप फुटबल आउँदो वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

सम्बन्धित खबर