२०८२ असोज २२, बुधवार , ०४:०६:३५ बजे

Sajhamanch
'

२ दिनमा शेयर बजार १०३ अङ्कले घट्यो

बुधवार, असोज २२, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ३६ अङ्कले घटेर २ हजार ५५९ दशमलव ५९ विन्दुमा झरेको छ ।

दशैँपछिको पहिलो कारोबार दिन हिजो नेप्से ५८ अङ्कले ओरालो लागेको थियो । २ दिनमै नेप्से १०३ अङ्कले घटेको हो ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स र होटल समूहको शेयर ३ प्रतिशत तथा विकास बैंक, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज प्रभु इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन शाङ्ग्रीला विकास बैंकको डिबेन्चर (२०८७) भने ७ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता शेयर ५ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर