
काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाई ६ विकेटले हराएको छ । मलेशियाले दिएको ११२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएर एक सय भेट्यो । नेपालका इन्दु वर्माले अविजित ४८ र रुविना क्षेत्रीले अविजित २३ रन बनाए ।
मलेशियाका आनिया हमिजाह, नुर दानिया र महिराले समान एक विकेट लिए । त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले पाँच विकेट गुमाएर एक सय ११ रन बनायो । मलेशियाकी मस एलिसाले ५६ रन बनाइन् । नेपालका कविता कुँवरले तीन, पुजा मल्ल र कविता जोशीले समान एक विकेट लिए ।
यो जीतसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरी भएको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । यस्तै तेश्रो खेलमा नेपाल मलेशियासँग १३ रनले हारेको थियो । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ ।