२०८२ असोज १०, शुक्रवार , ०२:०७:५४ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बाहिरी देशवाट आउने औषधिमा शत प्रतिशत भन्सार कर घोषणा

शुक्रवार, असोज १०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि देखि लागू हुनेगरी अमेरिका बाहिर बनेका गुणस्तरीय औषधिमा सय प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ ।

यो सँगै उहाँले हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत, किचन तथा बाथरुम क्याबिनेटमा ५० प्रतिशत र अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत भन्सार कर घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

भारत अमेरिकी बजारमा औषधि निर्यात गर्ने प्रमुख देश हो । भारतले वार्षिक झन्डै साढे १२ अर्ब डलर बराबरको औषधि अमेरिका पठाउने गर्छ । अमेरिकी कदमले भारतमा सहित विश्वका ठूला औषधी कम्पनीहरुमा असर पर्ने विश्लेषकहरुले बताएका छन ।

सम्बन्धित खबर