
काठमाडौं । हिजो घटेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज एक हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार ३०० रुपैयाँ थियो । असोज ८ गते बुधवार अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख २३ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५५ रुपैयाँले बढेर तोलाको दुई हजार ७४० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार ६८५ रुपैयाँ थियो ।