
झापा । जोर्डन, ब्राजिल र स्पेनले प्यालेस्टेनी शरणर्थीहरुका लागि काम गर्दै आएको युएनरावा महत्त्वपुर्ण भएको बताएका छन् ।
युएनरावा गाजाका लाखौं प्यालेस्टिनी शरणार्थीलाई स्वास्थ्य सेवा, शिक्षा र मानवीय सहायता प्रदान गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युएनरावाको योगदान स्थिर र महत्त्वपुर्ण भएको बताउनुभयो ।
तर, दुई वर्ष अघि सन् २०२३ को अक्टोबरमा इजरायल र गाजाबीच युद्धपछि यसको भूमिका चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ । युद्धयता हजारौं प्यालेस्टिनी विस्थापित भएका छन् र युएनरावा गाजामा मुख्य राहतदाता बनेको छ ।
युएनरावाका प्रमुख फिलिप लज्जारिनीले गाजामा १२ हजार कर्मचारी स्वास्थ्य सेवा र मनोवैज्ञानिक सहयोगमा लागिरहेको बताउनुभएको छ । इजरायलले युएनरावाको काममा अवरोध गर्दै यसको कार्यालयहरू बन्द गरिदिएको छ ।