२०८२ असोज ८, बुधवार , ०४:११:२३ बजे

Sajhamanch
'

कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

बुधवार, असोज ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अर्को सरकार गठनको पहल थाल्ने निर्णय गरेको कांग्रेसको मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिनुभयो ।

गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गर्नुभएको थियो । तर पछि राजीनामा दिन अस्वीकार गरेपछि मुख्यमन्त्री सिंहको दल जनमतले मुख्यमन्त्रीसहित दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो । जनमतले समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा भदौ ३१ गते नै बुझाइसकेको छ ।

समर्थन कायमै राखेको कांग्रेसले पनि आज समर्थन फिर्ता लिएको हो । नेकपा एमालेले सिंहलाई विश्वासको मत दिने बताइसकेको छ । १०७ सदस्यीय मधेश प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २३ सिट छ । दोस्रो कांग्रेसको २२, तेस्रो जसपाको १६ र चौथो जनमतको १३ सिट छ । १० वटा दलको प्रतिनिधित्व रहेको मधेशमा ६ जना स्वतन्त्र सांसद छन् ।

अब मधेशमा नयाँ सरकार बनाउने क्रममा राजनीतिक किचलो देखिने सम्भावना धेरै रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सम्बन्धित खबर