२०८२ असोज ८, बुधवार , ०६:२५:५२ बजे

Sajhamanch
'

५०० र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता छैन : अर्थमन्त्री

बुधवार, असोज ८, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ५०० र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पार्नु भएको छ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताउनु भएको हो ।

भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभावबारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिनुभयो । त्यस्तै उहाँले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पार्नुभयो ।

प्रदेश संरचना राजनीतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उहाँको भनाइ छ ।

बुधवार, असोज ८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर