२०८२ असोज ८, बुधवार , ११:२३:३८ बजे

Sajhamanch
'

५ हजार नजिक पुग्यो डेंगी संक्रमितको संख्या

बुधवार, असोज ८, २०८२

काठमाडौं । डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले चार हजार ८१४ जनामा सङ्क्रमण देखिएको बताउनु भयो ।

उहाँका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा. दाहालले पानी पनि पर्न रोकिए र अब विस्तारै जाडो सुरु हुन थालेपछि डेंगी सङ्क्रमणको जोखिम कम हुने बताउनु भयो ।

तथ्यांकअनुसार कोशी प्रदेशमा ७१४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा ८४३, कर्णाली प्रदेशमा २७० र सुदूरपश्चिम प्रदेशमा ५५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

सम्बन्धित खबर