
काठमाडौं । सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार ६८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ६५० रुपैयाँ थियो ।