
काठमाडौं । रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।
पहिरोका कारण शुक्रवार बेलुकीदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।