२०८२ असोज ५, आइतवार , ०२:१०:२५ बजे

Sajhamanch
'

पोल्याण्डमा नेटोको हवाई सुरक्षा अभियान चल्दै

आइतवार, असोज ५, २०८२

झापा । पोल्याण्डमा आयोजना गरिएको नेटोको हवाई सुरक्षा अभियानमा बेलायती लडाकु विमान पनि समेत सहभागी भएका छन् ।

बेलायतको रक्षा मन्त्रालयका अनुसार आरएएफ टाइफून लडाकु विमानहरू गएको शुक्रवार राति पोल्याण्डको आकाशमा तैनाथ गरिएको हो । यो कदम नेटोले पूर्वी सीमाको सुरक्षा मजबुत गर्नका लागि थालेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय नेटो सदस्य देशहरुको हवाई सीमामा रुसतर्फबाट बारम्बार उल्लङ्घन भइरहेका घटनापछि तनाव बढेको छ । केही दिनअघि रोमानियाको आकाशमा ड्रोन देखिएको थियो भने त्यसपछि पोल्याण्ड हुँदै एस्टोनियाको हवाई क्षेत्रमा समेत रुसका लडाकु विमान प्रवेश गरेका थिए ।

यसबारे रुसले भने सीमा उल्लङ्घनको घटनालाई अस्वीकार गर्दै वा कम महत्त्व दिँदै आएको छ । पोल्याण्डको हवाई क्षेत्रमा अहिलेसम्म १९ पटक ड्रोन प्रवेशका घटना भएपछि, नेटोले दुई हप्ताअघि यो अभियान शुरु गर्ने घोषणा गरेको थियो । यो अभियानलाई ‘ईस्टर्न सेन्ट्री’ नाम दिइएको छ ।

सम्बन्धित खबर