
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार १०० रुपैयाँले बढेको छ । आज सुन आज एक हजार १०० रुपैयाँ बढेर तोलाको दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुन तोलाको दुई लाख १६ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर तोलाको दुई हजार ६२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको दुई हजार ५८० रुपैयाँ थियो ।