
झापा । इजरायलले प्यालेस्टाइनको गाजा शहरमा सैन्य आक्रमण बढाइरहेका बेला बिहीवार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ ।
परिषद्का १० निर्वाचित सदस्यले पेश गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८०औं वार्षिकोत्सवकै दिन भएको हो ।
प्रस्तावमा ‘गाजामा तत्काल, विना शर्त र स्थायी युद्धविराम’, प्यालेस्टिनी लडाकू समूह हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।
अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले यसले हमासलाई फाइदा पुग्ने झुटा कथालाई वैधानिकता दिने बताउनुभयो । अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले आलोचना गरेका छन् ।