
झापा । बेलायत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज प्रधानमन्त्री कीयर स्टार्मरसँग भेट गर्दै हुनुहुन्छ । यसअघि उहाँले राजा चाल्र्ससँग भेटघाट गर्नुभएको थियो । यसअघि हिजो आयोजित भोजमा ट्रम्पले बेलायत र अमेरिकाबीचको सम्बन्धलाई ‘विशेष’ भएको बताउनुभयो ।
दुई नेताबीचको भेट अघि सर विन्सटन चर्चिलका अभिलेखको अवलोकन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । चर्चिल अभिलेख अवलोकनपछि ट्रम्प र स्टार्मरबीच औपचारिक वार्ता हुनेछ, त्यसपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने भनिएको छ ।
वार्तामा द्विपक्षीय व्यापार, सुरक्षा सहकार्य, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कूटनीति जस्ता विषयमा छलफल हुने अनुमान गरिएको छ । ट्रम्पको यो बेलायत भ्रमणले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।