२०८२ असोज २, बिहिवार , १०:२८:५४ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा

बिहिवार, असोज २, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराउनुभएको हो ।

एन्टिफा समूह नव–नाजीवाद, नव–फासिवाद, गोराहरूलाई सर्वोच्च मान्ने विचारधारा र जातीय विभेद विरुद्ध सक्रिय छ । राष्ट्रपति ट्रम्पले एन्टिफा समूहलाई आर्थिक सहयोग गर्नेहरूमाथि उच्च कानुनी मापदण्डअनुसार छानबिन गर्न सिफारिस गर्ने पनि चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

एन्टिफा समूहको उत्पत्ति सन् १९२०–१९३० को दशकमा युरोपेली फासिवादी शक्तिहरूको विरुद्ध चलेको आन्दोलनबाट भएको मानिन्छ । समूहका सदस्यहरूले प्रायः कालो कपडा लगाउने, अनुहार छोप्ने गर्छन् ।

सम्बन्धित खबर