
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफूले नाउपा छोडेको जानकारी दिनुभएको हो ।
साथै चौधरीले नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गर्नुभएको छ । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग उहाँको विवाद बढिरहेको थियो । तर रञ्जितासँग कुनै दुस्मनी नरहेको उहाँले उल्लेख गर्नुभएको छ ।