
झापा । पाकिस्तानको वजिरिस्तान जिल्लामा पाकिस्तानी तालिबान समूहले आक्रमण गर्दा कम्तीमा १२ जना सुरक्षाकर्मीको ज्यान गएको छ । स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट हतियारसहित आक्रमण भएको थियो ।
आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य चार जना घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणकारीले सुरक्षाकर्मीको हतियार पनि खोसेर लगेका छन् ।
पाकिस्तानी तालिबान, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान भनिन्छ, यो समूह अफगान तालिबानबाट पृथक भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ । आक्रमणको जिम्मेवारी तालिबान समूहले सामाजिक सञ्जालमार्फत लिएको छ ।