२०८२ भदौ २७, शुक्रवार , ०६:३८:५१ बजे

Sajhamanch
'

अन्तरिम सरकार प्रमुखमा सुशिला कार्की निर्विकल्प बन्दै

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेल मध्यरातसम्म सघन छलफलमा रहेको नेपाल प्रेसमा खबर छ ।

पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको पनि उक्त समाचारमा उल्लेख छ । तर
कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउनेमा सहमति जुटे पनि कुन विधिबाट भन्ने प्रष्ट भएको छैन ।

जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिलेको छैन । स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस र एमालेको पनि लाइन यही छ ।

जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेको स्रोतको भनाइ छ । सभामुख देवराज घिमिरे पनि संसद विघटन नगर्ने पक्षमा छन् ।

अर्यालले भने संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था राख्नसमेत माग गरे । कांग्रेस र एमाले यसमा तयार छैनन् । माओवादी अध्यक्ष प्रचण्डले भने जेनजीका सबै माग स्वीकार गरेको बुझिएको छ ।

सम्बन्धित खबर