२०८२ भदौ २६, बिहिवार , ०४:३१:५८ बजे

Sajhamanch
'

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा सैनिक मुख्यालयमा भेला भएका युवाहरू बीच कुटाकुट

बिहिवार, भदौ २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् ।

सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूह देखिएका छन् । यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह–समूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइ–खेदाइ भकुरिरहेका छन् ।

त्यहाँ हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् ।

कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।

जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ ।

आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको भन्दै आलोचना र चिन्ता बढेको छ ।

कुनै संगठन, संरचना वा नेतृत्वको नाम नभएका यस्ता समूहको आधिकारिता माथि सेनाले प्रश्न उठाएको छ ।