२०८२ भदौ २०, शुक्रवार , ०९:५९:२० बजे

Sajhamanch
'

दक्षिण क्यालिफोर्नियाको एक विद्युत् कम्पनीविरुद्ध लस एन्जलस आगलागी प्रकरणमा मुद्दा दायर

शुक्रवार, भदौ २०, २०८२

झापा । अमेरिकी न्याय विभागले दक्षिण क्यालिफोर्नियाको एक विद्युत् कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । गएको वर्ष जनवरीमा लस एन्जलसमा भएको विनासकारी पूर्ण आगलागीको जिम्मेवार ठहराउँदै मुद्दा दायर भएको अलजजिराले जनाएको छ ।

अस्ति दर्ता गरिएको उजुरीमा कम्पनीले आफ्नो विद्युत् र प्रसारण पूर्वाधारको उचित मर्मतसम्भार गर्न नसकेको कारण आगलागी शुरु भएकोले धेरैको ज्यान लिएको आरोप छ ।

अर्को मुद्दामा भने तीन वर्षअघि सन २०२२ सेप्टेम्बरमा सान बर्नार्डिनो नेशनल फरेस्ट नजिक लागेको आगो पनि त्यही किसिमको लापरबाहीका कारण शुरु भएको दाबी गरिएको छ ।

क्यालिफोर्नियाका ऊर्जा आपूर्तिकर्ता कम्पनीहरूलाई प्रायः कमजोर मर्मतका कारण आगलागी शुरु भएको आरोप लाग्ने गरेको छ । यो आगलागीमा कम्तीमा १९ जनाको ज्यान गएको थियो भने नौ जना दमकलकर्मी घाइते भएका थिए । कम्पनीले आगलागी भएको ठाउँमा नजिकै तीनवटा ट्रान्समिसन टावर सञ्चालन गरेको थियो ।

सम्बन्धित खबर