२०८२ भदौ १८, बुधवार , १०:२३:०८ बजे

Sajhamanch
'

डुँडामारीमा कञ्चनजंघाको इकाईगत साधारण सभा सम्पन्न

बुधवार, भदौ १८, २०८२

शिवसताक्षी । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले २५औं वार्षिक साधारण सभा अन्तरगत मंगलबार शिवसताक्षीको डुँडामारीमा इकाईगत सभा सम्पन्न गरेको छ ।

संस्थाका उपाध्यक्ष बिमलप्रसाद निरौलाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न चुनौतीका बीच पनि सदस्य केन्द्रित काम गर्दै आएको बताउनु भयो ।

उहाँले पछिल्लो समय मनकामना इन्जिनियरिङ हाइड्रोपावरमा ६ लाख र सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा १० लाख रुपैयाँ संस्थाको नाममा लगानी गरिएको पनि जानकारी दिनु भयो ।

यस्तै दमक नगरपालिका वडा नं. १२ मा ३ कठ्ठा जमिनमा खयर, बाँस र रबर प्रजातिका विरुवा लगाएकोर आम्दानी हुन थालेको जनाइएको छ ।

वि.सं. २०५६ फागुनमा दर्ता भएर कार्यसञ्चालन गरिरहेको संस्थाको कार्यक्षेत्र झापा र मोरङ्ग जिल्लाका विभिन्न पालिका रहेका छन् । संस्थाले ६ वटा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गरिरहेको प्रतिवेदनमा उल्लेख छ । संस्थामा ३ हजार ५९६ जना शेयर सदस्य रहेका छन ।

शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यमा सञ्चालित इकाइगत साधारणसभामा उहाँले सहकारीलाई अर्थतन्त्रको एउटा ठूलो हिस्सा भएको बताउँदै अभियाकै कारण ठूलो संख्यामा रोजगारी सिर्जना भएको बताउनु भयो ।

सबै सहकारी संस्थाहरु सिद्धान्त एवम् नीतिअनुरुप चल्न नसक्दा कतिपय डुबेको र सदस्यले थोरै थोरे गरेर बचत गरेको रकम फिर्ता नहुँदा समस्या आएको प्रष्ट्यनउ भयो । शिवसताक्षी नगरपालिकाको न्यायिक समितिमा पनि सहकारीले रकम फिर्ता नदिएको गुनासो आउन थालेको उहाँको भनाई थियो ।

गत असार मसान्तमा संस्थाको शेयर पुँजी ६ करोड ४१ लाख ७९ हजार ५०० रुपैयाँ, निक्षेप मौज्दात ५६ करोड ६२ लाख ३५ तथा विभिन्न कोषहरुमा ७ करोड ५४ लाख ११ हजार २९३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सो सहकारीले सदस्यहरुमाझ ६१ करोड ५१ लाख ६ हजार ४७१ रुपैयाँ ऋण लगानी रहिरहेको आर्थिक वर्ष २०८१/०८२ मा प्रतिवेदन जनाइएको छ ।

सो कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका सदस्य बिमला दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

साधारण सभामा संस्थाले चालू आव २०८२/०८३ का वार्षिक कार्यक्रमहरुको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराएको थियो ।

संस्थाका व्यवस्थापक निलकण्ठ निरौलाले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाले सबै इकाइगत सभा सम्पन्न गरेर भाद्र २९ गते संस्थाको मुख्य कार्यालय दमकमा माइन्युट प्रमाणिकरण सभा गर्ने जनाएको छ ।