२०८२ भदौ १२, बिहिवार , ०३:५९:१३ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्री कार्की र जापानका राजदूतबीच भेटवार्ता

बिहिवार, भदौ १२, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र जापानका राजदूत महामहिम माईडा टोरु (H.E. Mr. MAEDA Toru) बीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा भेटघाट भएको छ।

भेटमा आपसी हितका विषयमा कुराकानी भएको छ। सो अवसरमा मुख्यमन्त्री कार्कीले जापान र नेपालको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो। उहाँले नेपालको विकासमा जापानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो।उहाँले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोग गर्न आग्रह गर्नुभयो।

सो अवसरमा जापानी राजदूत मोइडा टोरुले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै औद्योगिक विकास र एग्रिकल्चरमा सहयोग गर्न तयार रहेको बताउनुभयो। मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनाल खनालका अनुसार भेटघाटमा प्रदेशको विकास र समृद्धिका विषयमा पनि कुराकानी भएको थियो।

सम्बन्धित खबर