२०८२ भदौ ११, बुधवार , १०:३५:०० बजे

Sajhamanch
'

लगातारको वर्षापछि भारतको जम्मू–कश्मीर र हिमाञ्चल प्रदेशमा ८ जनाको ज्यान गयो, वैष्णोदेवी यात्रा स्थगित

बुधवार, भदौ ११, २०८२

झापा । उत्तर भारतमा लगातारको वर्षा र त्यसपछिको बाढी,पहिरोका कारण जनजीवन प्रभावित भएको छ । जम्मू क्षेत्रमा कम्तीमा आठ जनाको ज्यान गएको छ । वैष्णोदेवी तथा शिवखोड़ी यात्राहरू स्थगित गरिएको बीबीसीले जनाएको छ ।

कटरा मार्गमा मात्र पाँच ज्यान गएको र केही यात्रु घाइते भएको खबरमा उल्लेख छ । सेना र एनडीआरएफका टोलीहरू राहत तथा उद्धारमा खटिएका छन् । डोडा जिल्लामा बाढीका कारण तीन जनाको ज्यान गएको छ । जम्मु–कटरा सडक बन्द गरिएको छ र १८ वटा रेल सेवा रद्द गरिएको छ ।

हिमाञ्चल प्रदेशमा ब्यास नदी उफानिँदा चण्डीगढ–मनाली राजमार्गको ठूलो भाग बगाएको छ । कुल्लु, मनाली, काँगडा र ऊनामा ठूलो क्षति पुगेको छ भने पर्यटकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

यसैबीच पञ्जाब सरकारले आज अगस्ट २७ देखि पर्सि अगस्ट ३० तारिखसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर