२०८२ भदौ ८, आइतवार , ०५:०७:०२ बजे

Sajhamanch
'

शेयर बजार १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार

आइतवार, भदौ ८, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०२ अङ्कले घटेर २ हजार ७३९ दशमलव ९५ विन्दुमा झरेको छ । नेप्से लगातार तेस्रो कारोबार दिन घटेको हो ।

आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंकको शेयर १ दशमलव ६९ र जलविद्युत् समूहको शेयर १ दशमलव १९ प्रतिशतले ओरालो लागेको छ ।

आज नारायणी विकास बैंकको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ३२३ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर