२०८२ भदौ ८, आइतवार , ०९:५३:३८ बजे

Sajhamanch
'

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

आइतवार, भदौ ८, २०८२

काठमाडौं । साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।

यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले आउँदो बुधवार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतवार भूटानसँग खेल्ने छ ।

आइतवार, भदौ ८, २०८२ | खेलकुद, समाज