
काठमाडौं । हिजो घटेको शेयर बजार आज पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २२ अङ्कले घटेर २ हजार ७५७ दशमलव ९७ विन्दुमा झरेको छ ।
आज निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज १९७ वटा कम्पनीको शेयर घट्दा ५३ वटाको बढेको छ ।
आज जनउत्थान सामुदायिक लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ३१९ वटा कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर ५ अर्ब २ करोड रुपैयाँमा किनबेच भएको छ । योसँगै शेयर कारोबार रकम लगातार चौथो दिन घटेको हो ।