२०८२ भदौ १, आइतवार , ०१:५१:३९ बजे

Sajhamanch
'

रुसले युद्धविराम गर्न अटेरी गरिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आरोप

आइतवार, भदौ १, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्धविराम गर्न अटेर गरेर युद्ध समापनलाई जटिल बनाइरहेको आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा उहाँले दुई देशबीच युद्धविरामका लागि धेरैले गरिरहेको आह्वानलाई रुसले लत्याइरहेको टिप्पणी गर्नुभएको छ । साथै जेलेन्स्कीले युद्धविरामका लागि रुस नै गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अमेरिका जाने तयारीमा रहेका जेलेन्स्कीलाई रुससँग शान्ति सम्झौता गर्न राजी गराउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । रुसी राष्ट्रपति पुटिनसँग अलास्कामा भएको वार्तामा थप प्रगति भएको र युद्धविरामको साटो युक्रेनमा स्थायी शान्ति सम्झौता आफूले चाहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो ।

रुसले सन् २०१४ मा क्राइमियालाई अवैध ढङ्गले गाभेको थियो भने आठ वर्षपछि युक्रेनमा पूर्ण अतिक्रमण गरेको थियो । त्यसयता दुई देशबीच निरन्तर लडाईँ हुँदै आएको छ ।