२०८२ भदौ १, आइतवार , ०१:५०:५३ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले घट्यो

आइतवार, भदौ १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ७०० रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार ३१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर