२०८२ भदौ १, आइतवार , ११:२७:४२ बजे

Sajhamanch
'

कर्मचारीको आन्दोलनका कारण एयर क्यानडाका सयौँ उडान स्थगित

आइतवार, भदौ १, २०८२

झापा । एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् ।

क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या र कर्मचारी हडतालका कारण उडानहरू स्थगित भएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

कम्पनीले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको छ । एयर क्यानडा वा यसको सहायक कम्पनी एयर क्यानडा रुजबाट काटिएका टिकट रद्द भए पनि, तेस्रो पक्षद्वारा सञ्चालन हुने एयर क्यानडा एक्सप्रेस भने प्रभावित नहुने कम्पनीले स्पष्ट पारेको छ ।

हडताल शनिवार स्थानीय समयअनुसार मध्यरातमा शुरु भएको हो । यसले एयर क्यानडाका झन्डै १० हजार उडान कर्मचारीलाई प्रतिनिधित्व गर्ने ‘क्यानेडियन युनियन अफ पब्लिक इम्प्लोइज’ (सियुपिई) संलग्न छ ।

कम्पनीले हडतालका कारण यात्रुहरूलाई परेको असुविधाप्रति खेद प्रकट गर्दै आफ्नो सामूहिक सम्झौता नवीकरणका लागि वार्ता गर्न प्रतिबद्ध रहेको जनाएको छ ।