२०८२ साउन २८, बुधवार , ०१:०१:०३ बजे

Sajhamanch
'

सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो

बुधवार, साउन २८, २०८२

काठमाडौं । आज सुनको भाउ सामान्य घटेको छ । सुनको भाउ १०० रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार ३२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३०५ रुपैयाँ रहेको थियो ।

बुधवार, साउन २८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर