
काठमाडौं । आज सुनको भाउ एकैदिन एक हजार १०० रुपैयाँले घटेको छ । सुनको भाउ आज एक हजार १००रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार ३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३३० रुपैयाँ रहेको थियो ।