२०८२ साउन २३, शुक्रवार , १२:१६:२४ बजे

Sajhamanch
'

सुनको भाउमा कीर्तिमान, एकैदिन एक हजार रुपैयाँले बढ्यो

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । हिजो सुको भाउ तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार ३२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३१५ रुपैयाँ रहेको थियो ।

शुक्रवार, साउन २३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर