
काठमाडौं । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २८० रुपैयाँ रहेको थियो ।