२०८२ साउन १९, सोमवार , ०८:१३:५० बजे

Sajhamanch
'

कोशी प्रदेश सरकारले लागूऔषध र तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाउने

आइतवार, साउन १८, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र तीन कामका लागि कार्ययोजना बनाउने भएको छ । शान्ति सुरक्षा सुदृढ गर्दै लागूऔषधको कारोबार, सडक सुशासन र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाउने भएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा आइतबार भएको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।

बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, सीमा सुरक्षा र वर्तमान सुरक्षा चुनौतीहरूका विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । चाडपर्वलाई लक्षित गरी कालोबजारी रोकथाम गर्न पनि उहाँको निर्देशन छ ।

बैठकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीसहित सुरक्षा निकायका प्रमुखहरू, मोरङ, सुनसरी र झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो ।

सम्बन्धित खबर