२०८२ साउन १०, शनिवार , ०६:०८:१६ बजे

Sajhamanch
'

दिब्यदृष्टि अवलोकनमा मुख्यमन्त्री कार्की

शनिवार, साउन १०, २०८२

कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कमल गाउँपालिका वडा नं. ६ मा सञ्चालित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि अन्तर्गत सञ्चालित दिब्यदृष्टि पूजा सामग्री उद्योगको शुक्रबार निरीक्षण गर्नुभएको छ ।

उद्योग भ्रमणका क्रममा मुख्यमन्त्री कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक उत्पादनमूलक उद्योगले स्थानीय रोजगार, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान दिनसक्ने धारणा राख्नु भएको थियो ।

मुख्यमन्त्री कार्कीले यस्तो उद्योग प्रदेशको आत्मनिर्भरता र उद्यमशीलताका दृष्टिकोणबाट उदाहरणीय हुने भन्नु हुँदै संघीय तथा प्रदेश सरकारको तर्फबाट आवश्यक नीति तथा सहकार्यमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिनु भएको छ ।

अध्यक्ष पोखरेल र कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले उपस्थित टोलीलाई उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यवसायिक विस्तार बारे जानकारी गराउनु भएको थियो ।

उद्योगका अध्यक्ष पोखरेलले दिब्यदृष्टि ब्रान्ड अन्तर्गत शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पूजा सामग्री उत्पादन गर्दै आएको तथा धार्मिक आस्थाका सामग्रीमा गुणस्तर कायम राख्दै स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्य रहेको सो अवसरमा जानकारी दिनुभयो ।

उद्योगले अग्र्यानिक बाटेको मच्छडधुप र पूजाका लागि बाटेको धुप उत्पादन गर्दै ६० भन्दा बढी महिलाहरुलाई अर्धरोजगारी र १५ जनालाई पूर्ण रोजगारी दिएको पोखरेलले सो अवसरमा जानकारी दिनु भएको थियो ।

सम्बन्धित खबर