२०८२ साउन २, शुक्रवार , ०६:३४:५८ बजे

Sajhamanch
'

नेपाल-चीनबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

शुक्रवार, साउन २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनु भएको छ।

उहाँले दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट पार्नुभयो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

नेपाल-चीनबीच अत्यन्तै पुराना र ऐतिहासिक कूटनीतिक सम्बन्ध भएको भन्दै यस्तो कार्यक्रमले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको उहाँको भनाइ छ ।

‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउने छ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरू लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू हुन्छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन ।’

सम्बन्धित खबर