२०८२ साउन १, बिहिवार , ०२:०३:२२ बजे

Sajhamanch
'

‘साम्बा’ ले न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स क्लबबाट खेल्ने

बिहिवार, साउन १, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स एफसी क्लबमा अनुबन्ध भएकी छिन् । सावित्राले दुई सिजनका लागि वेलिङ्टन फोनिक्ससँग सम्झौता गरेकी हुन् ।

सावित्रालाई अनुबन्ध गर्न पाउँदा गर्व महसूस भएको क्लबले जनाएको छ । वेलिङ्गटन न्युजिल्यान्डको क्लब भए पनि यसले अस्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ ।

यसअघि सावित्राले फ्रान्सेली क्लब एन अभान्ट गुइनगाम्पबाट दुई सिजन खेलेकी थिइन् । उनले भारत र माल्दिभ्समा पनि खेलिसकेकी छिन् ।

यसैबीच सावित्राले गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै सहकार्यका लागि धन्यवाद दिएकी छिन् ।