
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक श्रीलङ्कासँग छ । खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि शुरू हुनेछ ।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ ले पराजित भयो ।
अबका चार खेलहरू बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन् । अस्ति मङ्गलवार ठूलो वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो ।
प्रतियोगितामा बङ्गलादेश ३ खेलमा ९ अङ्कसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अङ्कसहित नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब पर्सि साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।