२०८२ असार २९, आइतवार , १२:४५:५९ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ११०० रुपैयाँले बढ्यो

आइतवार, असार २९, २०८२

काठमाडौं । सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार १०० रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ६५ रुपैयाँले बढेर तोलाको दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार २२० रुपैयाँ रहेको थियो ।

सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण बन्द रहेका सुन पसल सरकारसँग सहमति भएपछि अस्ति शुक्रवार आठ दिनपछि खुल्न थालेका हुन् ।

आइतवार, असार २९, २०८२ | अर्थतन्त्र, समाज