
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।
हिजो सरकार र सुनचाँदी व्यवसायीबीच सहमति भएपछि आन्दोलन स्थगित भएर आजदेखि पसल खुलेका छन् ।
आज सुनको भाउ तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको दुई हजार २२० रुपैयाँ कायम भएको छ ।
यसअघि असार १९ गते सुनको भाउ तोलाको एक लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदी तोलाको दुई हजार १७० रुपैयाँ कायम भएको थियो ।