
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई हिजो ४–० ले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो ।
पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । खेलको शुरुवाती २४ मिनेटमै पीएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो ।
छैटौं मिनेटमा रुइसले पहिलो गोल गर्दा नवौं मिनेटमा डेम्बेलेको गोल गरे । २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पीएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो ।
खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जीतलाई सजिलो बनाए । रियलका डिफेन्डर गल्तीले दुई गोल गर्नबाट चुकेका थिए । किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन् । लुका मोड्रिचले ६४औं मिनेटमा मैदान प्रवेश गरे । कुनै प्रभाव जमाउन सकेनन् ।
पीएसजीले आउँदो आइतवार चेल्सीसँग फाइनल खेल्नेछ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत अमेरिकाको न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनल खेलमा उपस्थित हुने खबरमा भनिएको छ ।