
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग खेल्नेछ ।
आईसीसी टी–२० विश्वकप एशिया छनोट २०२६ को तयारी स्वरूप नेपालले अस्ट्रेलियामा शृङ्खला खेल्न लागेको हो । टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुनेछ ।
यो छनोटअघि नेपालले आउँदो सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने तय भएको छ ।